Trending
>>   गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल >>   चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छः सांसद ज्वाला >>   विकासमा अवरोध हुनु हुँदैनः सांसद भण्डारी >>   वातावरणमैत्री विकास आवश्यक छः सांसद बस्नेत >>   ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन >>   लामिन यामालले बार्सिलोनासँग २०३१ सम्मको सम्झौता गरे >>   गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु >>   कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह >>   पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृत्यु, २२७ जना घाइते >>   वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

डोलेश्वरमा आजदेखि महायज्ञ सुरु


भक्तपुर। केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना गरेका हुन् ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आएको चैतन्य सेवा आश्रम महाराष्ट्रका संरक्षक ब्रम्हचारीसन्त सन्तोष चैतन्यद्वारा भागवत कथा ज्ञान वाचन गरिएको छ ।  बागमति प्रदेशसभाका सदस्य किरण थापाले महायज्ञको उद्घाटन गर्दै भारतमा रहेको केदारनाथ शरीर भएको जनाउँदै केदारनाथको शिर भाग डोलेश्वरमा रहेको बताए । उनले भारतबाट आएर यहाँ महायज्ञ गर्नु धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिएका छन् ।
त्यसैगरी, भारतबाट आएको भीमाशङ्कर महाराजले सन् २००९ मा डोलेश्वर मन्दिरलाई केदारनाथको शिर भाग रहेको घोषणा गरेपछि यसको चर्चा भारतमा चुलिएको थापाले बताए । नेपाल र भारतबाट आउने दर्शनार्थीको भीड बढ्नुको साथै भारतका विभिन्न राज्यबाट यहाँ आएर महायज्ञ गर्नु देशकै लागि उपलब्धिमूलक भएको उनको भनाइ रहेको थियो ।
महायज्ञमा सहभागी हुन आयोजकको टोलीमा गुरुसहित भारतबाट आएका दुई सय पाँच जना भक्तजनलाई समितिले निःशुल्क बसोबास एवं सुरक्षाको व्यवस्था गरेको डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?