Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

डोटीको सिमचौरमा डस्टबिनको रूपमा डोकाको प्रयोग


डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-१ सिमचौरमा डस्टबिनका रूपमा डोकोको प्रयोग हुँदै आएको छ ।

त्यस्तै, पछिल्लो समय सहर बजारमा, गाउँ घरमा अत्यधिक रूपमा प्रयोगमा आउने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ हुने वडा नम्बर १ का अध्यक्ष खेम बहादुर घर्तिमगरले बताए । स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नुका साथै स्थानीय स्रोत साधनले बजार पाउने र रोजगारी समेत बढ्ने उनको भनाई रहेको छ ।

गत वर्षबाट यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको थियो भने यस वर्ष पनि डस्टबिनका रूपमा डोकोको प्रयोगले निरन्तरता पाएको छ । त्यस्तै, डस्टबिनका रूपमा डोकोको प्रयोग गर्न मङ्गलवार सिमचौर बजार व्यवस्थापन समितिलाई डस्टबिन स्वरूप ३० ओटा डोका हस्तान्तरण गरिएको छ ।

यूएमएन डोटी र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तर्गत वडासँगको सहकार्यमा डोका हस्तान्तरण गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?