Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, माघदेखि ब्याजदर घट्ने


काठमाडौं। एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । उक्त बैंकले आज एक सूचना जारी गर्दै बैंकको विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ ।

सो बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८.०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशत विन्दु घटाएको हो । त्यस्तै, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहने जनाएको छ भने पुस महिनामा यो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो ।

उक्त बैंकको ब्याजदर अनुसार, साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?