Trending
>>   तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल >>   सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे >>   ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइयो प्रहरीलाई: आईजीपी कार्की >>   सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा >>   चीनद्वारा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण >>   इराक र संयुक्त राष्ट्र संघबीच युएनएएमआई मिसनको अन्त्य >>   कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन >>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

उम्मेदवारीमा जे भयाे भयाे, जिताउने जिम्मा हाम्राे


-डा. शेखर काेइराला

राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरुले उम्मेदवारी दर्ता गराउनु भयो । पार्टी निणर्यबाट छानिएका सबै उम्मेदवार साथीहरुलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो ईतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सुची लामो थियो । यसर्थ सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन । तर पनि पार्टीमा अवसरको समान बितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको बर्तमान ढाँचा, सोच र निणर्य प्रकियालाई प्रभावति गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरुले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु ।

न्यायोचित टिकट बितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती-कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भबिष्यमा अगाडी बढ्ने प्रण गर्दछु । मेरो अभियान पार्टीमा अवसरको न्यायोचित बितरण होस् भन्ने नै हो । यो अभियानमा साथीहरुबाट बिगतमा झै निरन्तर साथ र सहयोग पाइरहने अपेक्षा समेत गर्दछु ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?