Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

बीएनपीले माग्यो प्रधानमन्त्री हसिनाको राजीनामा


काठमाडौं। बङ्गलादेश नेशनालिस्ट पार्टी (बीएनपी) ले आइतबार भएको निर्वाचन रद्द गर्न माग गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उसको माग रहेको छ । बङ्गलादेशमा आइतबार १२औँ संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार गरेको थियो भने सो निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै उसले ४८ घण्टे हडताल समेत आह्वान गरेको थियो ।

उक्त निर्वाचनमा करिब ४० प्रतिशत मत खसेको थियो र सत्तारुढ अवामी लिगले बहुमत पाएको निर्वाचन आयोगले जनाएको छ, तर बीएनपीले भने जनताले आइतबार भएको निर्वाचनलाई अस्वीकार गरेको बताएको छ ।

त्यस्तै, अनेक धम्की र त्रास देखाएर पनि जनतालाई मतदान केन्द्रसम्म ल्याउन सरकार असफल भएको विपक्षी दलको दाबी रहेको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?