Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

बीएनपीले माग्यो प्रधानमन्त्री हसिनाको राजीनामा


काठमाडौं। बङ्गलादेश नेशनालिस्ट पार्टी (बीएनपी) ले आइतबार भएको निर्वाचन रद्द गर्न माग गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उसको माग रहेको छ । बङ्गलादेशमा आइतबार १२औँ संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार गरेको थियो भने सो निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै उसले ४८ घण्टे हडताल समेत आह्वान गरेको थियो ।

उक्त निर्वाचनमा करिब ४० प्रतिशत मत खसेको थियो र सत्तारुढ अवामी लिगले बहुमत पाएको निर्वाचन आयोगले जनाएको छ, तर बीएनपीले भने जनताले आइतबार भएको निर्वाचनलाई अस्वीकार गरेको बताएको छ ।

त्यस्तै, अनेक धम्की र त्रास देखाएर पनि जनतालाई मतदान केन्द्रसम्म ल्याउन सरकार असफल भएको विपक्षी दलको दाबी रहेको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?