Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

एक हजार ६ सय विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण


मुगु। मुगुको खत्याड गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ । सोबरस् नेपाल नामक संस्थाले एक हजार ६ सय विद्यार्थीहरूलाई जाडोमा लगाउने न्यानो ज्याकेट वितरण गरेको हो ।

उक्त गाउँपालिकामा रहेका चार माध्यमिक विद्यालय र पाँच आधारभूत प्राथमिक विद्यालय गरी नौ विद्यालयका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो । सोबरस् नेपालले कुल ४५ लाख रुपैयाँमा एक हजार ६ सय ज्याकेट खरिद गरेर वितरण गरेको हो । सोबरस् नेपालका संयोजक रोजी राणाले चिसोकै कारण कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।

त्यस्तै,  न्यानो ज्याकेट नभएकै कारण विद्यालय नआउने विद्यार्थीहरू ज्याकेट पाए पछि नियमित विद्यालय आउन थालेका छन् ।   लोकप्रिय मावि गम्बाका पाँच सय ३० जना, जनजागरण मावि सेरीका तीन सय २० जना, रारा आधारभूत विद्यालय रोलका एक सय २१ जना, बाल ज्योति विद्यालय श्रीकोटका ५५ जना, सरस्वती मावि रिखियाका एक सय ६० जनालाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

त्यसैगरी महादेव मावि ह्यागुलुका दुई सय तीन जना, सरस्वती आधारभूत विद्यालयका २७ जना सुमामाई आधारभूत विद्यालय डाडियका ५६ जना, आधारभूत विद्यालय खर्कका एक सय २७ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको थियो ।

हामी नेपालीका जिल्ला संयोजक अनिल बानियाँका अनुसार हामी नेपालले ६ सय छात्रालाई प्रति व्यक्ति ६ पिस स्यानेटरी प्याड समेत वितरण गरेको थियो ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?