Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

एक हजार ६ सय विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण


मुगु। मुगुको खत्याड गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ । सोबरस् नेपाल नामक संस्थाले एक हजार ६ सय विद्यार्थीहरूलाई जाडोमा लगाउने न्यानो ज्याकेट वितरण गरेको हो ।

उक्त गाउँपालिकामा रहेका चार माध्यमिक विद्यालय र पाँच आधारभूत प्राथमिक विद्यालय गरी नौ विद्यालयका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो । सोबरस् नेपालले कुल ४५ लाख रुपैयाँमा एक हजार ६ सय ज्याकेट खरिद गरेर वितरण गरेको हो । सोबरस् नेपालका संयोजक रोजी राणाले चिसोकै कारण कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।

त्यस्तै,  न्यानो ज्याकेट नभएकै कारण विद्यालय नआउने विद्यार्थीहरू ज्याकेट पाए पछि नियमित विद्यालय आउन थालेका छन् ।   लोकप्रिय मावि गम्बाका पाँच सय ३० जना, जनजागरण मावि सेरीका तीन सय २० जना, रारा आधारभूत विद्यालय रोलका एक सय २१ जना, बाल ज्योति विद्यालय श्रीकोटका ५५ जना, सरस्वती मावि रिखियाका एक सय ६० जनालाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

त्यसैगरी महादेव मावि ह्यागुलुका दुई सय तीन जना, सरस्वती आधारभूत विद्यालयका २७ जना सुमामाई आधारभूत विद्यालय डाडियका ५६ जना, आधारभूत विद्यालय खर्कका एक सय २७ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको थियो ।

हामी नेपालीका जिल्ला संयोजक अनिल बानियाँका अनुसार हामी नेपालले ६ सय छात्रालाई प्रति व्यक्ति ६ पिस स्यानेटरी प्याड समेत वितरण गरेको थियो ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?