Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

एन्फा निर्णयको १४ बुँदामा ९ सदस्यले गराए ‘नोट अफ डिसेन्ट’ दर्ता


काठमाडौं। अखिल नेपाल फुटबल संघको गत पुस २ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयमा केन्द्रीय सदस्यहरूले आफ्नो सहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ को पत्र दर्ता गराएका छन्।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, केन्द्रीय सदस्यहरू रवीन्द्र चन्द, रमेश व्यन्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल र पेमा डोल्मा लामाले आइतबार एन्फा सचिवालयमा नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। उनीहरूले १४ बुँदामा आफ्नो असहमति रहेको एन्फालाई जानकारी दिएका छन्।

उनीहरूको असहमतिमा टिकट विक्रीको विवरण कार्यसमितिलाई जानकारी नगराइ अनुमोदन गरेको, कार्यसमितिमा निर्णय नगराइ टिकट मूल्य र पास वितरण गरेको, राष्ट्रिय लिगमा सहभागी क्लबको अधिकार हनन गरेको, ५० हजार डलरको सामग्री खरिद टेन्डरबाट नगरेको लगायतका छन्।

त्यस्तै सामग्री खरिद प्रक्रिया स्वेच्छाचारी ढङ्गले गरेको, कुनै कार्ययोजना बिना डिजेल प्रदान गरेको, एन्फा महासचिव पदपूर्ति समितिको पदेन सदस्य हुने व्यवस्था भए पनि महासचिवलाई संयोजक बनाएको, खरिद समिति र मूल्याङ्कन समितिमा कर्मचारीलाई राखेको, कर्मचारीको सम्झौता अवधि बाँकी रहँदा समेत रोजगारीबाट हटाएको, मेडिकल अफिसरमा विना छलफल नियुक्त गरेको, विशेष साधारणसभाको खर्च अनुमोदन गराएकोमा उनीहरूले आपत्ति जनाएका छन्।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?