Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

एन्फा निर्णयको १४ बुँदामा ९ सदस्यले गराए ‘नोट अफ डिसेन्ट’ दर्ता


काठमाडौं। अखिल नेपाल फुटबल संघको गत पुस २ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयमा केन्द्रीय सदस्यहरूले आफ्नो सहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ को पत्र दर्ता गराएका छन्।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, केन्द्रीय सदस्यहरू रवीन्द्र चन्द, रमेश व्यन्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल र पेमा डोल्मा लामाले आइतबार एन्फा सचिवालयमा नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। उनीहरूले १४ बुँदामा आफ्नो असहमति रहेको एन्फालाई जानकारी दिएका छन्।

उनीहरूको असहमतिमा टिकट विक्रीको विवरण कार्यसमितिलाई जानकारी नगराइ अनुमोदन गरेको, कार्यसमितिमा निर्णय नगराइ टिकट मूल्य र पास वितरण गरेको, राष्ट्रिय लिगमा सहभागी क्लबको अधिकार हनन गरेको, ५० हजार डलरको सामग्री खरिद टेन्डरबाट नगरेको लगायतका छन्।

त्यस्तै सामग्री खरिद प्रक्रिया स्वेच्छाचारी ढङ्गले गरेको, कुनै कार्ययोजना बिना डिजेल प्रदान गरेको, एन्फा महासचिव पदपूर्ति समितिको पदेन सदस्य हुने व्यवस्था भए पनि महासचिवलाई संयोजक बनाएको, खरिद समिति र मूल्याङ्कन समितिमा कर्मचारीलाई राखेको, कर्मचारीको सम्झौता अवधि बाँकी रहँदा समेत रोजगारीबाट हटाएको, मेडिकल अफिसरमा विना छलफल नियुक्त गरेको, विशेष साधारणसभाको खर्च अनुमोदन गराएकोमा उनीहरूले आपत्ति जनाएका छन्।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?