Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

आगलागीमा परी दुई बालबालिकाको मृत्यु


२७ फागुन,विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

हिजो बेलुका सवा ५ बजे स्थानीय रामबहादुर मगरको ढुङ्गा माटाले बनेको दुईतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उहाँका छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजनको जलेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो ६ बजे नियन्त्रण गरिएको र अभिभावक नभएको अवस्थामा घरमा आगलागी हुँदा घरभित्र रहेका दुई बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनसमेत जली करिब रु १० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?