Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

धरानमा सालकको खपेटासहित २ जना पक्राउ


सुनसरी। धरान उपमहानगरपालिका–५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका–३ घर भएका २८ वर्षीय सन्दीप राई र धरान उपमहानगरपालिका–१६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका–३ घर भएका २१ वर्षीय मनोज तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो भने थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्नआएपछि तामाङलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?