Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

धरानमा सालकको खपेटासहित २ जना पक्राउ


सुनसरी। धरान उपमहानगरपालिका–५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका–३ घर भएका २८ वर्षीय सन्दीप राई र धरान उपमहानगरपालिका–१६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका–३ घर भएका २१ वर्षीय मनोज तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो भने थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्नआएपछि तामाङलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?