Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

मनाङमा आठ महिने शिशुसहित विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला


काठमाडौं। मनाङको ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित सोनाम गुरुङको घरमा काम गरी बस्ने गोरखा नगरपालिका–६ हरमटारी घर भएका ४० वर्षीय उत्तम गुरुङ उक्त घरको स्टोर रुममा शनिवार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, रुपन्देही, मायादेवी गाउँपालिका–५ बसौलीस्थित बाटो मुनि पानी जमेको खाल्डोमा अन्दाजी ८ महिनाको शिशु बालकको शव शनिवार फेला परेको छ ।

त्यस्तै सिन्धुली, फिक्कल गाउँपालिका–५ रजे गाउँ बस्ने ७४ वर्षीय मन बहादुर बुढाथोकी घर नजिकै आफ्नै बारीमा शनिवार मृत अवस्थामा फेला परेका छन् । बारीको कान्ला खन्न गएका उनको ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको हो ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?