Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

आफूले गरेको फोहर आफैँ सफा गर्ने बानी बसालौँ : मन्त्री किराँती


२७ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीनमहिने बृहत् सरसफाइ अभियानको सुभारम्भ गर्दै मन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएकाले आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्ने बताए ।

उनले भने, “नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको छ, यसलाई भत्काएर अघि बढ्नुपर्छ, काम गर्दा कोही सानो हुँदैन ।”

उनले पशुपतिनाथ क्षेत्र सरसफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर मन्त्रालयमा बुझाउनसमेत निर्देशन दिए । पछिल्लो समय सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको पाइएकाले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने उनको भनाइ थियो ।

आफ्नो मन्त्रालयअन्तर्गतका सबै निकायलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सोअनुसारको काम नभए कारबाही गर्ने समेत मन्त्री किराँतीले चेतावनी दिएका छन् ।

अबको तीन महिनासम्म हरेक शनिबार बिहान ८ देखि १० बजेसम्म मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?