Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन


चितवन। जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।

उक्त परियोजना संयोजक सुमन पौडेलका अनुसार सबै बिद्यालयसँगको समन्वयमा परियोजनाले काम गर्दै आएको छ । सो परियोजनाले बुधबार आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा ती पालिकामा सातवटा स्रोत केन्द्र र तीनवटा विशेष विद्यालय सञ्चालनमा ल्याइएको जनाइएको छ भने परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ ।

सो परियोजनाले गाउँघरका ‘अटिजम’ भएर विद्यालय जान नसक्ने विद्यार्थीलाई विद्यालयसम्म ल्याउने काम गर्नाका साथै एक सय ४३ बालबालिकालाई सहायक सामग्री वितरण गरेको छ भने चौतीस जटिल प्रकृतिका अपाङ्गता भएका बालबालिकालाई दैनिक क्रियाकलापमा सहज हुने सामग्री प्रदान गरिएको छ ।

सन् २०२२ देखि यस्तो काम गर्दै आएको सो परियोजनाले यो समयमा जिल्लाका एक हजार सात सय पाँच अभिभावकसँग सम्पर्क गरेको अवसरमा जानकारी दिइयो । त्यस्तै, समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम एक हजार एक सय १८ जनालाई प्रदान गरिएको र १७ अपाङ्गता भएका बालबालिकालाई सामाजिक सुरक्षा सेवामा पहुँच विस्तार गरिएको उनले जानकारी दिए । घरमा आधारित शिक्षा पाइरहेकामध्ये ३१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको राष्ट्रिय बहिरा महासङ्घ नेपालकी परियोजना संयोजक शर्मिला तामाङले जानकारी दिएका छन् ।

अहिले पनि समाजमा ‘अटिजम’ भएका बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेको छैन । जसका कारणले उनीहरूको परिवारसमेत समस्यामा परेको उनले बताए ।

 

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?