Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

सात महिनामा डेढ लाख जनाले चढे लुम्बिनी केबलकार


काठमाडौं। बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकार सात महिनामा करिब डेढ लाख पर्यटकले चढेका छन् ।

त्यस्तै, जेठ १५ देखि पुस १४ गतेसम्म एक लाख ४० हजार ५०१ जना आन्तरिक पर्यटक, भारतसहित सार्क राष्ट्रका ६ हजार ११८ जना तथा तेस्रो मुलुकका ३५ जना पर्यटक केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिएका छन् ।

त्यस्तै, बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको थियो भने सात महिनामा एक लाख ४६ हजार ६ सय ४५ जना पर्यटक केबलकारको यात्रा गरी पाल्पाको वसन्तपुर पुगेका कम्पनीले जनाएको छ ।

यो सात महिनाको अवधिमा सबैभन्दा धेरै ३५ हजार ७९७ जना पर्यटक गत कात्तिकमा आएका थिए । असोजमा सबैभन्दा कम ९ हजार ६५० जनाले केबलकार चढेका छन् भने कम्पनीले प्रत्येक टिकट दरको एक(एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर बापत दिँदै आएको छ ।

त्यसैगरी, सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६१२ रुपैयाँको टिकट बिक्री गरेको कम्पनीले भदौ २६ गतेसम्मको कर बापत ३ लाख ९३ हजार ३ सय ५४ रुपैयाँका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ रुपैयाँ दिएको छ सो केबलकारमा दुईतर्फी यात्राको ७ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?