Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

सात महिनामा डेढ लाख जनाले चढे लुम्बिनी केबलकार


काठमाडौं। बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकार सात महिनामा करिब डेढ लाख पर्यटकले चढेका छन् ।

त्यस्तै, जेठ १५ देखि पुस १४ गतेसम्म एक लाख ४० हजार ५०१ जना आन्तरिक पर्यटक, भारतसहित सार्क राष्ट्रका ६ हजार ११८ जना तथा तेस्रो मुलुकका ३५ जना पर्यटक केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिएका छन् ।

त्यस्तै, बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको थियो भने सात महिनामा एक लाख ४६ हजार ६ सय ४५ जना पर्यटक केबलकारको यात्रा गरी पाल्पाको वसन्तपुर पुगेका कम्पनीले जनाएको छ ।

यो सात महिनाको अवधिमा सबैभन्दा धेरै ३५ हजार ७९७ जना पर्यटक गत कात्तिकमा आएका थिए । असोजमा सबैभन्दा कम ९ हजार ६५० जनाले केबलकार चढेका छन् भने कम्पनीले प्रत्येक टिकट दरको एक(एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर बापत दिँदै आएको छ ।

त्यसैगरी, सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६१२ रुपैयाँको टिकट बिक्री गरेको कम्पनीले भदौ २६ गतेसम्मको कर बापत ३ लाख ९३ हजार ३ सय ५४ रुपैयाँका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ रुपैयाँ दिएको छ सो केबलकारमा दुईतर्फी यात्राको ७ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?