Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

पहिचानवादी समूहद्वारा मेची राजमार्ग बन्द


काठमाडौं। कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।

‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो । सङ्घर्ष समितिले ‘बुलेट किराती’ (अन्जेश राई) को रिहाइको माग गर्दै मंगलबार (हिजो) र बुधबार (आज) मेची राजमार्ग बन्दको आह्वान गरेको जनाएको छ ।

त्यस्तै, सङ्घर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन्, तर निजी तथा साना सवारीहरू सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।

सो स्थानमा आन्दोलनकारीहरू बिहानै सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन् भने सवारी साधन नचल्दा यात्रुहरू प्रभावित बनेका छन् । किरातीलाई गत पुष १ गते सङ्घर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्गको जोर कलश खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उक्त आगजनी सम्बन्धी मुद्दा दर्ता गरिएको उनलाई मंगलबार अदालतमा उपस्थित गराएको जनाइएको छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?