काठमाडौं। वीर अस्पतालको खाद्यान्न कटौती विरुद्धको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ । त्यस्तै, ३३ वर्ष देखि दिइँदै आएको बिरामीको खाना र खाजाको खर्च कटौती संविधानको मौलिक हकविरुद्ध रहेको दाबी गरिएको छ ।
वीर अस्पतालका बिरामीलाई खाना र खाजासहित अक्सिजनको खर्च कटौती गरिएको भन्दै अधिवक्ता पोख्रेलले यही पुस १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाइएको छ ।
सरकारले आर्थिक वर्ष ०७९/८० मा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्ष ०८०/८१मा ७३ करोड एक लाख मात्र विनियोजन गरेको छ, तर वीर अस्पतालको सर्जिकल भवन निर्माणसँगै शैया संख्या भने ४६० बाट बढाएर ९६० पुर्याइएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: १८ पुष २०८०, बुधबार