Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

स्पेनिस ला लिगामा रायो भालकानो विजयी


काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ । मंगलबार राति ८ खेलाडीमा सीमित भएको गेटाफेमाथि २-० को जित निकालेको हो ।

त्यस्तै, पहिलो हाफमा १ गोल गरेको रायो भालकानोले दोस्रो हाफको सुरुमै गोल थपेको थियो भने ४७औं मिनेटमा सर्जियो क्यामेलोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । गेटाफको जुआन मिगुएल लतासाले दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै ४०औं मिनेटमा मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रायो भालकानोले अग्रता लिएको थियो भने उसका सर्जियो क्यामेलोले गोल गरेका थिए ।

५० औं मिनेटमा गेटाफेका मेसन ग्रीनवुड रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ग्रीन वुड बाहिरिए पछि ९ खेलाडी समेटिएको गेटाफेले ७० औं मिनेटमा अर्का खेलाडी पनि गुमाउन पुग्यो । त्यस्तै, डेमियन सुआरेज रातो कार्ड पाउँदै मैदान छोड्दा बाँकी समय ८ खेलाडीले खेलेको थियो, तर त्यसको फाइदा रायो भालकानोले लिन सकेन ।

उक्त जितपछि रायो भालकानो २३ अंकका साथ ११औं स्थानमा छ भने पराजित भएको गेटाफे २६ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?