Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

सुत्दा घुर्ने समस्या छ ? छुटकारा पाउने यस्ता छन् ५ प्रभावकारी टिप्स !


काठमाडाैँ । सुत्दाखेरि घुर्ने समस्या सबैमा हुँदैन । तर, कतिपयको यसै समस्याका कारण साथीहरूबिच नराम्रो प्रभाव समेत परेको हुनसक्छ । साथीहरूले जिस्काउने तथा नराम्रो कुरा गर्ने नहोला भन्न पनि सकिन्न ।

यदी तपाइहरू पनि सुत्दाखेरि घुर्ने वा आफ्ना साथीभाइहरू घुर्ने गरेका छन् भने केही टिप्सहरू छन् । जसले घुर्ने समस्याबाट छुटकारा दिन सक्छन् ।

सामान्यतया सुत्ने पोजिसन परिवर्तन गर्ने र बजारमा पाइने नाकमा राख्ने यन्त्र प्रयोग गर्नु पनि घुर्ने समस्याबाट छुटकारा पाउने सरल तरिका हो । त्यसैगरी, यदि एलर्जी वा स्लीप एपनिया जस्ता चिकित्सा समस्याहरूको कारणले घुर्ने क्रम हुँदा चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ ।

मान्छेहरू किन घुर्छन् ?

विज्ञहरूका अनुसार सुतिरहेको बेलामा सास लिने हावा घाँटीबाट जाँदा घाँटीको तन्तुहरूमा कम्पन बनाएपछि मानिसहरू घुर्ने गर्दछन् । त्यसैगरी, धेरै मादक पदार्थ खाएर सुतेको बेलामा समेत मानिसहरू घुर्ने गर्छन्।

घुर्दा तपाईंको वा तपाईंको साथीको निद्रामा बाधा पुग्न सक्छ । यदि यसले तपाईंलाई धेरै सताउँदैन भने पनि घुर्नु बेवास्ता गर्ने लक्षण होइन । वास्तवमा घुर्नेले गम्भीर स्वास्थ्य अवस्थालाई संकेत गर्न सक्छ ।

यस्ता छन् घुर्ने समस्याबाट छुटकारा पाउने केही टिप्सः

१. कोल्टे परेर सुत्नुहोस्

उत्तानो परेर तथा घोप्टो परेर सुत्दा कहिलेकाहीँ तपाईंको जिब्रो तपाईंको घाँटीको पछाडि भागसम्म पुग्छ । जसका कारण सामान्य श्वासप्रश्वास प्रणालीमा बाधा उत्पन्न भइ घुर्ने हुन सक्छ ।

त्यसैले, कोल्टे फर्केर सुत्नु भनेको हावा सजिलै प्रवाह हुन दिनु र घुर्ने समस्याको पहिलो समाधान पनि हो ।

२. पर्याप्त समय सुत्नुहोस्

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिन एण्ड स्लीप रिसर्च सोसाइटीका संयुक्त सिफारिसहरू अनुसार वयस्कहरूलाई हरेक दिन ७ देखि ८ घण्टा सुत्नु पर्छ । स्वस्थ रहन आवश्यक पर्ने सुताइको मात्रा पुर्याउँदा पनि घुर्ने समस्याबाट छुटकारा पाउन सकिने अध्ययनहरूले सुझाएका छन् ।

निद्रा तथा सुताइको कमीले घाँटीको मांसपेशीहरूलाई पर्याप्त आराम दिन नसक्दा वायुमार्गमा अवरोध भएपछि घुर्ने जोखिम बढ्ने सम्भावना हुने गर्दछ ।

३. टाउकोको भाग केही अग्लो बनाएर सुत्नुहोस्

टाउकोलाई ओछ्यानको तहबाट केही इन्च माथि अग्लो बनाएर सुत्दा घुर्ने जोखिम कम हुन्छ । यसका लागि सिरानीको प्रयोग गर्नु सबैभन्दा उत्तम तरिका हो । यसका लागि बेड राइजर वा तकिया जस्ता सामग्री प्रयोग गर्न सकिन्छ ।

४. नाक स्ट्रिप्स वा नाक डाइलेटर प्रयोग गर्नुहोस्

घुर्ने समस्या कम गर्नका लागि बजारमा यन्त्रहरू पनि पाइन्छन् । ती मध्ये सहज भनेका नसल स्ट्रिप्स वा नसल डाइलेटर हुन् । यी यन्त्रहरू परीक्षण गरेर बाहिर ल्याइएका भएका कारण घुर्ने समस्याको समाधान गर्न प्रभावकारी छन् ।

बजारमा २५० रूपैयाँदेखिका यस्ता सामग्रीहरू पाइन्छन् । अनलाइनमार्फत यस्ता सामान घरमै मगाउन पनि सकिन्छ ।

५. मादक पदार्थ कम खानुहोस्

मादक पदार्थ धेरै स्वास्थ्य समस्याहरूको कारण भएको प्रमाणित भइसकेको छ । घुर्ने समस्यामा पनि अत्यधिक मादक पदार्थ सेवनको भूमिका रहन रहन सक्छ ।

आफ्नो सुत्ने समय भन्दा कम्तिमा अघिसम्म मादक पदार्थ सेवन नगर्ने प्रयास गर्नुहोस् । मादक पदार्थ सेवन नगर्नाले घाँटीको मांसपेशीलाई आराम पुग्छ, जसले घुर्ने समस्या कमी गराउँछ ।

रक्सीले अन्य तरिकामा पनि तपाईंको निद्रामा बाधा पुर्‍याउन सक्छ । जसका कारण अरू स्वास्थ्य समस्यासँगै घुर्ने समस्या पनि देखिन थाल्छ ।

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?