Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा


काठमाडौं। अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् ।

उनले वानडे विश्वकको बेला नै यसबारे भनिसकेको र भारतमा गएर विश्वकप उपाधि जित्नु ठूलो उपलब्धि भएको बताए । तर, अष्ट्रेलियालाई आवश्यक परे उनी २०२५ को च्याम्पियन्स ट्रफीमा आफू उपलब्ध हुने पनि जनाएका छन् ।

आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिकेट मैदानमा सोमबार भनेका छन् ।

‘आज वान डेबाट पनि सन्यास लिने मैले त्यो निर्णय लिएँ । जसले मलाई विश्वका विभिन्न लिगमा गएर खेल्ने अवसर दिन्छ,’ उनले भने, ‘च्याम्पियन्स ट्रफी आउँदैछ । मैले पछिल्लो दुई वर्ष राम्रो क्रिकेट खेलिरहेको छु र यदि टिमलाई आवश्यक परेमा म उपलब्ध हुनेछु ।’

दुई वर्षपछि फर्कने अवस्था नभएमा वार्नरको लागि अहमेदावादमा भएको भारतविरुद्धको विश्वक फाइनल खेल नै अन्तिम ओडीआई खेल हुनेछ ।

उनले अष्ट्रेलियाका लागि १६१ ओडीआई खेल्दै २२ शतकको मद्दतमा ६ हजार ९३२ रन बनाएका छन् । उनी अष्ट्रेलियाका लागि वान डे मा सर्वाधिक रन बनाउनेमा छैटौँ स्थानमा छन् भने शतक बनाउने सूचीमा रिक्की पोन्टिङपछि दोस्रोमा छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?