Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

यौन व्यवसाय सञ्चालन गर्ने दम्पती पक्राउ


काठमाडौं। यौन व्यवसाय सञ्चालन गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका(७ का वर्ष ३५ का टिकाराम भण्डारी र उनकी श्रीमती वर्ष ३१ की अस्मीता भण्डारी, रिया वली भन्ने टिका कुमारी वली रहेका छन् ।

त्यसैगरी, भण्डारी दम्पतीले वेबसाइट मार्फत अनलाइन बेश्याबृत्तिको –याकेट चलाउने गरेको पाइएको छ । ह्वाट्सएप ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन पेमेन्ट गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीहरूलाई पठाउने गरेको खुल्न आएको प्रवक्ता पगेनीले बताएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई कञ्चनपुर जिल्लाको सीमा इलाकाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ भने भण्डारी दम्पतीले भारतको दिल्ली स्थित विभिन्न होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्‍याई बेश्याबृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीका अनुसार उनीहरूले आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने गरेको अनुसन्धानमा खुलेको छ । बेश्याबृत्तिको लागी भाडामा लिएको अपार्टमेन्टमा सिसी क्यामेरा जडान गर्नुका साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सिम समेत उपलब्ध गराई ह्वाट्सएप, फेसबुक आई।डी। बनाई पासवर्ड आफैले राखी अनलाइन निगरानी गर्ने गरेको पाइएको छ ।

बेश्याबृत्तिबाट कमाई भएको ८०५ रकम भण्डारी दम्पतीले लिने गरेको प्रहरीले जनाएको छ भने पक्राउ परेका अभियुक्तहरूले भारत पुर्‍याएका ९ जना युवतीहरूलाई ब्युरोको समन्वयमा उद्धार गरिएको छ ।

त्यस्तै, गत चैत्रमा उनीहरू विरुद्ध ६ वटा मुद्दा दर्ता भएकोमा ३ जना प्रतिवादीहरू पक्राउ परी हाल पुर्पक्षको लागी कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ ।

दिल्ली स्थित नेपाली दूतावास, भारतीय प्रहरी तथा केआइएन सँगको समन्वय र सहयोगमा दिल्लीबाट ५ जना थप पीडितहरूको उद्धार गरी नेपाल ल्याई हाल सुरक्षित आवास गृहमा राखिएको छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?