Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

कोशी फाइनलमा, साविक विजेता सुदूरपश्चिम दोस्रो एलिमिनेटरबाटै बाहिरियो


काठमाडौं। प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी फाइनल प्रवेश गरेको छ ।

कोशीले अब उपाधिका लागि बुधबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ भने त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

कोशीका लागि काजल श्रेष्ठ ३८ रनमा अविजित रहिन् भने ३५ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ र अप्सरी बेगम १२ रनमा अविजित रहिन्।

त्यस्तै, सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउदले लिइन् । टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाएकी थिइन् । त्यस्तै कविता जोशीले १५ र बिन्दु रावलले १७ रन बनाइन् ।

कोशीका लागि स्पिनर संगीता राईले सर्वाधिक २ विकेट लिइन् भने सवनम राई, निशा शाह र अलिशा खडियाले १र१ विकेट लिए । आइतबार भएको पहिलो क्वालिफायर्समा कोशीलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल पुगेको थियो ।

गत वर्ष कोशीलाई पराजित गर्दै उपाधि जितेको सुदूरपश्चिम यस पटक दोस्रो एलिमिनेटरबाटै बाहिरिएको हो ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?