Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सीप बिल्डिङमा फेल भएकाले पनि भरे उत्पादनमूलकका लागि फारम


काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पानी जहाज निर्माणको परीक्षामा अनुत्तीर्ण भएकाहरूको फाराम अर्को क्षेत्रका लागि पनि लिएको छ । ग्वार्कोस्थित कोरिया शाखामा पुगेर परीक्षार्थीहरूले आजदेखि उत्पादनमूलक क्षेत्रमा आवेदन फारम भरिरहेका छन् ।

यसअघि पानी जहाज क्षेत्रका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण भएकालाई अन्य क्षेत्रका लागि फारम भर्न नदिइएपछि परीक्षार्थीहरूले विरोध प्रदर्शन गरेका थिए ।

एक वर्षभित्रै परीक्षामा भाग लिएका व्यक्तिहरूलाई उत्पादन क्षेत्रको अर्को परीक्षामा सहभागी नगराउने व्यवस्थाविरुद्ध १८ जनाले उच्च अदालतमा मुद्दा हालेका थिए भने सो अदालतले निवेदक १८ जनालाई परीक्षा फारम भर्न दिन आदेश दिएको थियो ।

तर परीक्षार्थीहरूले सबैले परीक्षा फारम भर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका थिए । सोही क्रममा यही पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँगको भिडन्तमा दुई युवाको ज्यान गएको थियो ।

आक्रोशित समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेको थियो । त्यस घटनालगत्तै सबैलाई फारम भर्न दिने निर्णय ईपीएस कोरिया शाखाले गरेको थियो भने अहिले शान्तपूर्वक परीक्षार्थीहरूले फारम भरिरहेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?