Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

सीप बिल्डिङमा फेल भएकाले पनि भरे उत्पादनमूलकका लागि फारम


काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पानी जहाज निर्माणको परीक्षामा अनुत्तीर्ण भएकाहरूको फाराम अर्को क्षेत्रका लागि पनि लिएको छ । ग्वार्कोस्थित कोरिया शाखामा पुगेर परीक्षार्थीहरूले आजदेखि उत्पादनमूलक क्षेत्रमा आवेदन फारम भरिरहेका छन् ।

यसअघि पानी जहाज क्षेत्रका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण भएकालाई अन्य क्षेत्रका लागि फारम भर्न नदिइएपछि परीक्षार्थीहरूले विरोध प्रदर्शन गरेका थिए ।

एक वर्षभित्रै परीक्षामा भाग लिएका व्यक्तिहरूलाई उत्पादन क्षेत्रको अर्को परीक्षामा सहभागी नगराउने व्यवस्थाविरुद्ध १८ जनाले उच्च अदालतमा मुद्दा हालेका थिए भने सो अदालतले निवेदक १८ जनालाई परीक्षा फारम भर्न दिन आदेश दिएको थियो ।

तर परीक्षार्थीहरूले सबैले परीक्षा फारम भर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका थिए । सोही क्रममा यही पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँगको भिडन्तमा दुई युवाको ज्यान गएको थियो ।

आक्रोशित समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेको थियो । त्यस घटनालगत्तै सबैलाई फारम भर्न दिने निर्णय ईपीएस कोरिया शाखाले गरेको थियो भने अहिले शान्तपूर्वक परीक्षार्थीहरूले फारम भरिरहेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?