Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

युवालाई शिक्षण दिएर अर्धसैनिक दस्ता बनाउँदै प्रभु साह


काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गठन गरेको आईटी आर्मीमा आबद्ध युवाहरूलाई रौतहटमा सैन्य तालिम दिइरहेको छ ।

युवाहरूलाई पूर्व सुरक्षा अधिकारीले प्रशिक्षण दिइरहेका छन् । पहिलो चरणमा सहभागीलाई सात दिन प्रशिक्षण दिने बुझिएको छ । त्यसपछि आवश्यकताअनुसार पुनः प्रशिक्षण दिएर अर्धसैनिक बलको रूप दिने आईटी आर्मीले जनाएको छ ।

आजपा स्थापना दिवसको अवसरमा आईटी आर्मीले रौतहटको मौलापुरमा पुस १४ मा तेस्रो राष्ट्रिय भेला गरेको थियो भने सो भेलामा आएका युवालाई त्यही दिनदेखि सैन्य प्रशिक्षण थालेको हो । प्रशिक्षणमा देशभरबाट युवाहरू सहभागी गराइएको छ ।

देशभर नै अभियान चलाउने आजपाको भनाई छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?