Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

युवालाई शिक्षण दिएर अर्धसैनिक दस्ता बनाउँदै प्रभु साह


काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गठन गरेको आईटी आर्मीमा आबद्ध युवाहरूलाई रौतहटमा सैन्य तालिम दिइरहेको छ ।

युवाहरूलाई पूर्व सुरक्षा अधिकारीले प्रशिक्षण दिइरहेका छन् । पहिलो चरणमा सहभागीलाई सात दिन प्रशिक्षण दिने बुझिएको छ । त्यसपछि आवश्यकताअनुसार पुनः प्रशिक्षण दिएर अर्धसैनिक बलको रूप दिने आईटी आर्मीले जनाएको छ ।

आजपा स्थापना दिवसको अवसरमा आईटी आर्मीले रौतहटको मौलापुरमा पुस १४ मा तेस्रो राष्ट्रिय भेला गरेको थियो भने सो भेलामा आएका युवालाई त्यही दिनदेखि सैन्य प्रशिक्षण थालेको हो । प्रशिक्षणमा देशभरबाट युवाहरू सहभागी गराइएको छ ।

देशभर नै अभियान चलाउने आजपाको भनाई छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?