Trending
>>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर >>   निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली >>   दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु >>   जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली >>   होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड >>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं
Logo
१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमले कोशीलाई दियो ८९ रनको चुनौती


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । उनले २४ बलमा चार चौका प्रहार गरिन् । त्यस्तै इन्दु वर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने रुबी पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७/७ रन बनाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो ।

त्यस्तै, बलिङतर्फ सङ्गीता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सवनम राईले समान एक÷एक विकेट लिए । कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?