Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

बुटवल-पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने


काठमाडौं। सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ । सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको जनाएको हो ।

उक्त सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड राति बन्द हुने भएको हो । पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर सुरुङ खन्न लागिएको हो । यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक बन्द नहुने सिद्धबाबा सुरुङमार्ग आयोजनाले निकालेको सूचनामा उल्लेख छ ।

त्यसैगरी, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइएको छैन भने सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गर्दैछ । निर्माणका क्रममा यातायात सञ्चालन हुँदा माथिबाट ढुङ्गा खसेर जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको योजना कार्यालयले जनाएको छ ।

सडक बन्द हुने समयमा साना सवारी साधनहरू बेलबास(नुवाकोट(दोभान वैकल्पिक मार्ग भएर आवतजावत गर्न सक्ने सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।

सो सडक बन्द हुने समयमा पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधनहरू तिनाउ गाउँपालिकाको जडिबुटीचोक र सत्यवती जाने बाटोमा र बुटवलबाट पाल्पा जाने सवारी साधनहरू बुटवलको चिडियाखोला र तल्लो सिद्धबाबामा रोकिनेछ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?