Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

बुटवल-पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने


काठमाडौं। सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ । सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको जनाएको हो ।

उक्त सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड राति बन्द हुने भएको हो । पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर सुरुङ खन्न लागिएको हो । यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक बन्द नहुने सिद्धबाबा सुरुङमार्ग आयोजनाले निकालेको सूचनामा उल्लेख छ ।

त्यसैगरी, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइएको छैन भने सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गर्दैछ । निर्माणका क्रममा यातायात सञ्चालन हुँदा माथिबाट ढुङ्गा खसेर जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको योजना कार्यालयले जनाएको छ ।

सडक बन्द हुने समयमा साना सवारी साधनहरू बेलबास(नुवाकोट(दोभान वैकल्पिक मार्ग भएर आवतजावत गर्न सक्ने सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।

सो सडक बन्द हुने समयमा पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधनहरू तिनाउ गाउँपालिकाको जडिबुटीचोक र सत्यवती जाने बाटोमा र बुटवलबाट पाल्पा जाने सवारी साधनहरू बुटवलको चिडियाखोला र तल्लो सिद्धबाबामा रोकिनेछ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?