Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

वरिष्ठ प्रहरी हवल्दार तामाङ मृत फेला


काठमाडौं। एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन्। सङ्खुवासभाको जिल्ला कारागार खाँदवारिमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ मृत फेला परेका हुन् ।

इलाम घर भएका वरिष्ठ हवल्दार तामाङ गएराति २ बजे डिउटीसकेर सुतेका र बिहान ५ बजे अचेत अवस्थामा बेला परेपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिएका छन्।

त्यस्तै, प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार वरिष्ठ हवल्दार तामाङको जिल्ला अस्पताल भर्ना हुनु अघि नै मृत्यु भइसकेको जिल्ला अस्पतालले घोषणा गरेको हो भने पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

सो घटनाको निष्पक्ष छानबिन नभए सम्म शव नबुझ्ने पीडित परिवारले अडान लिएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ भने शव पोष्टमार्रटमाका लागि जिल्ला अस्पतालमा राखिएको डिएसपी श्रेष्ठले बताएका छन्।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?