Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

वरिष्ठ प्रहरी हवल्दार तामाङ मृत फेला


काठमाडौं। एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन्। सङ्खुवासभाको जिल्ला कारागार खाँदवारिमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ मृत फेला परेका हुन् ।

इलाम घर भएका वरिष्ठ हवल्दार तामाङ गएराति २ बजे डिउटीसकेर सुतेका र बिहान ५ बजे अचेत अवस्थामा बेला परेपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिएका छन्।

त्यस्तै, प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार वरिष्ठ हवल्दार तामाङको जिल्ला अस्पताल भर्ना हुनु अघि नै मृत्यु भइसकेको जिल्ला अस्पतालले घोषणा गरेको हो भने पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

सो घटनाको निष्पक्ष छानबिन नभए सम्म शव नबुझ्ने पीडित परिवारले अडान लिएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ भने शव पोष्टमार्रटमाका लागि जिल्ला अस्पतालमा राखिएको डिएसपी श्रेष्ठले बताएका छन्।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?