Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

सन् २०२४ मा आर्थिक सुधारको गतिलाई बलियो बनाउँछौँ : चिनियाँ राष्ट्रपति सी


काठमाडौं। राष्ट्रपति सी चिनफिङले चीनको अर्थतन्त्र पहिलेको तुलनामा लचिलो र गतिशील बनाउने बताएका छन् ।

सन् २०२४ को नयाँ वर्षको सन्देशमा सी चिनफिङले आर्थिक सुधारको गतिलाई बलियो बनाउन र दीर्घकालीन आर्थिक विकास हासिल गर्न चीन प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । ‘हामीले विगत धेरै वर्षहरूमा धेरै वास्तविक उपलब्धिहरू गरेका छौं । हामीले सन् २०२३ लाई कडा परिश्रम र लगनशीलताको वर्षको रूपमा सम्झने छौँ । आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ काम गर्ने छौं ।’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

सी चिनफिङले चीनले कोभिड-१९ लाई रोक्न ठूलो उपलब्धि हासिल गरेको पनि बताए । सबै चुनौतीका बाबजुद चीनको अर्थतन्त्र पहिलेको तुलनामा धेरै सुधार भएको पनि उल्लेख गरेका छन् ।

यसैगरी आफ्नो सरकारले चीनको आधुनिकीकरणलाई दृढतापूर्वक पछ्याउने बताए । सबै क्षेत्रमा विकासका नयाँ कोसेढुङ्गाहरू हासिल गर्न इमान्दार भएर काम गर्ने प्रतिबद्धता समेत जनाए ।

हङकङ र मकाउलाई आफ्नो विशेष शक्तिको प्रयोगमा सहयोग गरिरहने बताए । यस्तै ताइवान स्ट्रेटका दुवै छेउमा रहेका सबैलाई चीनको उद्देश्यको साझा भावनाले बाँध्नुपर्ने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?