Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सन् २०२४ मा आर्थिक सुधारको गतिलाई बलियो बनाउँछौँ : चिनियाँ राष्ट्रपति सी


काठमाडौं। राष्ट्रपति सी चिनफिङले चीनको अर्थतन्त्र पहिलेको तुलनामा लचिलो र गतिशील बनाउने बताएका छन् ।

सन् २०२४ को नयाँ वर्षको सन्देशमा सी चिनफिङले आर्थिक सुधारको गतिलाई बलियो बनाउन र दीर्घकालीन आर्थिक विकास हासिल गर्न चीन प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । ‘हामीले विगत धेरै वर्षहरूमा धेरै वास्तविक उपलब्धिहरू गरेका छौं । हामीले सन् २०२३ लाई कडा परिश्रम र लगनशीलताको वर्षको रूपमा सम्झने छौँ । आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ काम गर्ने छौं ।’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

सी चिनफिङले चीनले कोभिड-१९ लाई रोक्न ठूलो उपलब्धि हासिल गरेको पनि बताए । सबै चुनौतीका बाबजुद चीनको अर्थतन्त्र पहिलेको तुलनामा धेरै सुधार भएको पनि उल्लेख गरेका छन् ।

यसैगरी आफ्नो सरकारले चीनको आधुनिकीकरणलाई दृढतापूर्वक पछ्याउने बताए । सबै क्षेत्रमा विकासका नयाँ कोसेढुङ्गाहरू हासिल गर्न इमान्दार भएर काम गर्ने प्रतिबद्धता समेत जनाए ।

हङकङ र मकाउलाई आफ्नो विशेष शक्तिको प्रयोगमा सहयोग गरिरहने बताए । यस्तै ताइवान स्ट्रेटका दुवै छेउमा रहेका सबैलाई चीनको उद्देश्यको साझा भावनाले बाँध्नुपर्ने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?