Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई


मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् ।

आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गरी उपाधि हात पारेका हुछ् । उनले रु एक लाख पुरस्कार प्राप्त गरे । यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह राउतले प्राप्त गरे । उनले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गरी रु ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौंको धापाखेलका अजितकुमार यादव एक घण्टा पाँच मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए । उनले रु २५ हजार पुरस्कार पारेका छन् । यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सीमा चौधरी पहिलो हुए । उनले सो दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी पाँच किलोमिटर विद्यार्थीमैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम भए । उनले निर्धारित दूरी १५ मिनेट १९ सेकेण्डमा पूरा गरी रु १० हजार पुरस्कार हात पारेका छन् ।

त्यस्तै, तनहुँको रिसिङका अमृत विक १५ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी दोस्रो तथा काठमाडौंको चन्द्रागिरिका अनुज महत १५ मिनेट ५५ सेकेण्डमा दूरी पार गरी तेस्रो भए । उनीहरुले क्रमशः रु पाँच हजार र रु तीन हजार पुरस्कार प्राप्त गरेका छन् ।

विजय फाउण्डेसन नेपालको आयोजनामा भएको गैँडाकोट हाफ म्याराथनमा २८ महिलासहित दुई सय ५० जनाले भाग लिएका थिए भने पाँच किलोमिटर दौडमा एक सय ८० विद्यार्थी सहभागी भएका संयोजक आदर्श सिग्देलले जानकारी दिए ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?