Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा


काठमाडौं। डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन् । उनले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा आइतबार भाषणको क्रममा रानी मार्गरेटले आउँदो जनवरी १४ मा पद छोड्ने बताएकी हुन् ।

त्यसैगरी, ८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि सोही दिन आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा समेत गरेकी छिन् भने ८४ वर्षीया वृद्ध भएकी उनले अप्रत्याशित निर्णयको कारणको रूपमा आफ्नो उमेर र स्वास्थ्य समस्याहरूलाई औँल्याएकी छिन् ।

‘ अब दुई हप्ताको अवधिसम्म मात्र म डेनमार्कको रानी हुनेछु,’ मार्गरेटले भनिन्, उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् भने सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गरेकी हुन् ।

उनले भनिन्, ‘मैले जो निर्णय गरेको छु, अहिले नै सही समय हो ।’ उनले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?