Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

बाग्मतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा


काठमाडौं। बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।

आज आइतबार भएको एलिमिनेटर खेलमा खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ९ विकेटले हरायो । बाग्मतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४ ओभर ३ बलमा १ विकेट गुमाएर भेटायो ने  सुदूरपश्चिमका लागि विन्दु रावलले नट आउट ५४ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी मनीषा उपाध्यायले १ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले १९ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो भने बाग्मतीका लागि कञ्चन श्रेष्ठले ३८ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी करिश्मा थापाले ३ विकेट लिइन् ।

यो जितसँगै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको छ । अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि भोलि सोमवार कोशी प्रदेशसँग खेल्नेछ । आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुगेको थियो । फाइनल खेल आउँदो बुधवार हुनेछ ।

 


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?