Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

१० महिनामा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले गरे यात्रा


काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन् । यो काठमाडौं भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो ।

आन्तरिक टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३३ लाख ४४ हजार ३०२ रहेको तथ्यांक छ । यस अवधिमा काठमाडौंबाट १९ लाख ५८ हजार ६८७ जना यात्रु विदेश उडेका छन् भने विदेशबाट काठमाडौं भित्रने यात्रुको संख्या १७ लाख २० हजार ९१८ रहेको छ ।

त्यस्तै, बाहिरी जिल्लाबाट जहाजमा काठमाडौं भित्रने यात्रुको संख्या १६ लाख ६८ हजार २७ रहेको छ भने काठमाडौंबाट बाहिरी जिल्लामा जाने यात्रुको संख्या १६ लाख ७६ हजार २७५ जना रहेको तथ्यांक रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांक अनुसार १० महिनामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३६ लाख ७९ हजार ६०५ जना रहेको छ ।

यस अवधिमा काठमाडौं विमानस्थलमा कुल २५ हजार ६७४ वटा अन्तर्राष्ट्रिय उडान अवतरण (फ्लाइट मुभमेन्ट) भएका छन् । जसमध्ये १२ हजार ८३७ उडान र १२ हजार ८३७ नै अवतरण भएको तथ्यांक छ भने आन्तरिकतर्फ कुल ७८ हजार ६६३ वटा उडान–अवतरण भएका छन् । जसमध्ये अवतरण ३९ हजार ३१९ र उडान ३९ हजार ३४४ रहेको तथ्यांक रहेको छ ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?