Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

१० महिनामा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले गरे यात्रा


काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन् । यो काठमाडौं भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो ।

आन्तरिक टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३३ लाख ४४ हजार ३०२ रहेको तथ्यांक छ । यस अवधिमा काठमाडौंबाट १९ लाख ५८ हजार ६८७ जना यात्रु विदेश उडेका छन् भने विदेशबाट काठमाडौं भित्रने यात्रुको संख्या १७ लाख २० हजार ९१८ रहेको छ ।

त्यस्तै, बाहिरी जिल्लाबाट जहाजमा काठमाडौं भित्रने यात्रुको संख्या १६ लाख ६८ हजार २७ रहेको छ भने काठमाडौंबाट बाहिरी जिल्लामा जाने यात्रुको संख्या १६ लाख ७६ हजार २७५ जना रहेको तथ्यांक रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांक अनुसार १० महिनामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३६ लाख ७९ हजार ६०५ जना रहेको छ ।

यस अवधिमा काठमाडौं विमानस्थलमा कुल २५ हजार ६७४ वटा अन्तर्राष्ट्रिय उडान अवतरण (फ्लाइट मुभमेन्ट) भएका छन् । जसमध्ये १२ हजार ८३७ उडान र १२ हजार ८३७ नै अवतरण भएको तथ्यांक छ भने आन्तरिकतर्फ कुल ७८ हजार ६६३ वटा उडान–अवतरण भएका छन् । जसमध्ये अवतरण ३९ हजार ३१९ र उडान ३९ हजार ३४४ रहेको तथ्यांक रहेको छ ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?