Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

श्रीमतीको हत्या गरेको आरोपमा ३६ वर्षीय रत्नबहादुर घर्ती पक्राउ


पोखरा। श्रीमती हत्या आरोपमा बिहीबार प्रहरीले पक्राउ परेका ३६ वर्षीय रत्नबहादुर घर्तीले श्रीमती २९ वर्षीया रेखा घर्तीलाई तुनाले बाँधेर हत्या गरेको खुलेको छ । घर्तीको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा फेला परेको थियो ।

म्याग्दीको धौलागिरी ७, ताकम घर भई घर्ती परिवार केही समयदेखि पोखरा २९, नौबीसेमा बस्दै आएका थिए । बिहीबार दिउँसो श्रीमतीलाई अर्कै पुरुषसँग रंगेहात देखेपछि दुवैलाई लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘श्रीमती र अर्को केटालाई सँगै देखेपछि उनले दुवैलाई लेखेटेका थिए, तर त्यो केटालाई समाउन नसकेपछि फर्किएर आफ्नै श्रीमतीलाई नै मारेका हुन्’, एक प्रत्यक्षदर्शीले भने, ‘हुडीको तुनाले बाँधेर मारिएको हो ।’

जिल्ला प्रहरी कार्यालय, कास्की प्रमुख एसपी मोहन थापाका अनुसार प्रेमी भनिएका अर्का पुरुष भारतीय नागरिक हुन् । उनले पनि लखट्ने क्रममा ती पुरुषलाई समाउन नसकेपछि आवेशमा आएर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन् ।

त्यसैगरी, रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् भने उनीहरुका २ बच्चा पनि रहेको प्रहरीले जनाएको छ । एसपी थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

उक्त घटना घटेको केहीबेरमै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेकाले घर्ती तत्कालै पक्राउ परेका थिए ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?