Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

श्रीमतीको हत्या गरेको आरोपमा ३६ वर्षीय रत्नबहादुर घर्ती पक्राउ


पोखरा। श्रीमती हत्या आरोपमा बिहीबार प्रहरीले पक्राउ परेका ३६ वर्षीय रत्नबहादुर घर्तीले श्रीमती २९ वर्षीया रेखा घर्तीलाई तुनाले बाँधेर हत्या गरेको खुलेको छ । घर्तीको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा फेला परेको थियो ।

म्याग्दीको धौलागिरी ७, ताकम घर भई घर्ती परिवार केही समयदेखि पोखरा २९, नौबीसेमा बस्दै आएका थिए । बिहीबार दिउँसो श्रीमतीलाई अर्कै पुरुषसँग रंगेहात देखेपछि दुवैलाई लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘श्रीमती र अर्को केटालाई सँगै देखेपछि उनले दुवैलाई लेखेटेका थिए, तर त्यो केटालाई समाउन नसकेपछि फर्किएर आफ्नै श्रीमतीलाई नै मारेका हुन्’, एक प्रत्यक्षदर्शीले भने, ‘हुडीको तुनाले बाँधेर मारिएको हो ।’

जिल्ला प्रहरी कार्यालय, कास्की प्रमुख एसपी मोहन थापाका अनुसार प्रेमी भनिएका अर्का पुरुष भारतीय नागरिक हुन् । उनले पनि लखट्ने क्रममा ती पुरुषलाई समाउन नसकेपछि आवेशमा आएर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन् ।

त्यसैगरी, रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् भने उनीहरुका २ बच्चा पनि रहेको प्रहरीले जनाएको छ । एसपी थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

उक्त घटना घटेको केहीबेरमै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेकाले घर्ती तत्कालै पक्राउ परेका थिए ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?