Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम गरिँदै


राँझा,बाँके। नेपालगञ्जका तारे होटलले अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा यहाँस्थित होटल सिद्धार्थले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।

“नेपालगञ्जमा चर्चित गायक प्रकाश दूतराजसहित स्थानीय कलाकारको विभिन्न प्रस्तुति रहने गरी नयाँ वर्षको कार्यक्रम तय भएको छ”, सिद्धार्थ ग्रुपका निर्देशक केशव न्यौपानेले भने, “यसले आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ ल्याउन र पर्यटन क्षेत्र चलायमान बनाउन भूमिका खेल्ने छ ।”

उक्त कार्यक्रममा सीमावर्ती भारतका विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता हुने न्यौपानेले बताए । नयाँ वर्षको विशेष कार्यक्रममा छ सय बढीलाई सहभागी गराउने गरी तयारी गरिएको उनको भनाइ रहेको थियो ।

त्यस्तै, होटल सोल्टीले पनि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरेको छ भने आर्थिक मन्दीले सुनसान जस्तै बनेका तारेहोटललाई नयाँ वर्ष विशेष कार्यक्रमले केही चलायमान बनाउने आशा गरिएको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताए । उक्त कार्यक्रमले तारे होटलसँगै अन्य मध्यम होटलमा पनि चहलपहल गराउने र पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै, एक दशकयता नेपालगञ्जमा तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् भने सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले बताए ।

उनका अनुसार नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसायमा रू १२ अर्बभन्दा बढी लगानी भएको छ  भने यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी रहेको छ ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?