Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम गरिँदै


राँझा,बाँके। नेपालगञ्जका तारे होटलले अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा यहाँस्थित होटल सिद्धार्थले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।

“नेपालगञ्जमा चर्चित गायक प्रकाश दूतराजसहित स्थानीय कलाकारको विभिन्न प्रस्तुति रहने गरी नयाँ वर्षको कार्यक्रम तय भएको छ”, सिद्धार्थ ग्रुपका निर्देशक केशव न्यौपानेले भने, “यसले आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ ल्याउन र पर्यटन क्षेत्र चलायमान बनाउन भूमिका खेल्ने छ ।”

उक्त कार्यक्रममा सीमावर्ती भारतका विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता हुने न्यौपानेले बताए । नयाँ वर्षको विशेष कार्यक्रममा छ सय बढीलाई सहभागी गराउने गरी तयारी गरिएको उनको भनाइ रहेको थियो ।

त्यस्तै, होटल सोल्टीले पनि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरेको छ भने आर्थिक मन्दीले सुनसान जस्तै बनेका तारेहोटललाई नयाँ वर्ष विशेष कार्यक्रमले केही चलायमान बनाउने आशा गरिएको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताए । उक्त कार्यक्रमले तारे होटलसँगै अन्य मध्यम होटलमा पनि चहलपहल गराउने र पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै, एक दशकयता नेपालगञ्जमा तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् भने सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले बताए ।

उनका अनुसार नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसायमा रू १२ अर्बभन्दा बढी लगानी भएको छ  भने यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी रहेको छ ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?