काठमाडौं। काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन् । रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ पक्राउ परेकी हुन् ।
नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो । उनलाई गोकर्णेश्वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार