Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

इस्तानबुलमा भूकम्पले क्षति पुगेका कम्तिमा १० अस्पताल खाली गरियो


२७ फागुन, एजेन्सी। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलका कम्तीमा १० वटा अस्पताललाई सुरक्षित स्थानमा सारिएको छ ।

यी अस्पतालहरूले शहरका अन्य स्वास्थ्य संस्थाका भवनहरूबाट सेवा हरू प्रदान गर्नेछन् वा उनीहरूको परिसरभित्र सुरक्षित संरचनाहरू निर्माण गरी सेवा प्रबाह गर्नुपर्नेछ ।

स्वास्थ्यमन्त्री फहरेटिन कोकाले दक्षिणी प्रान्त हातेयमा शुक्रबार पत्रकारहरूसँग भने, “हामीले स्वास्थ्य संस्थाहरूको संरचनाका लागि देशभरि नै कदम चालेका छौं । यो विपत्तिको अवस्थामा धेरै गुणा बढी आवश्यक पर्दछ ।”

कोकाका अनुसार देशको सबैभन्दा धेरै स्वास्थ्य सुविधा दिने दुई विश्वविद्यालय अस्पतालहरू, कापा र सेराहपासा मेडिकल अस्पतालहरू पनि खाली गरिएका छन् ।

मन्त्री कोकाका अनुसार यी दुई अस्पतालको नयाँ भवन चाँडै निर्माण गरिनेछ । गत फेब्रुअरीको अन्त्यमा गएको भूकम्पीय प्रभाव जोखिम परीक्षणपछि सेराहपासाले युरोप क्षेत्रतर्फको फातिह जिल्लामा रहेको कम्पाउन्डमा रहेका १७ वटा भवनमा स्वास्थ्य र शिक्षा सेवा बन्द गरेको थियो ।

इस्तानबुल नगरपालिकाले हालै देशमा ४६ हजारभन्दा बढी मानिसहरूको ज्यान लिने विनाशकारी भूकम्पको पृष्ठभूमिमा उनीहरूको सुरक्षा परीक्षण गर्न भवनहरूको द्रूत स्क्यान प्रदान गर्न नयाँ कार्यक्रम सुरू गरेको हो ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?