Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

इस्तानबुलमा भूकम्पले क्षति पुगेका कम्तिमा १० अस्पताल खाली गरियो


२७ फागुन, एजेन्सी। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलका कम्तीमा १० वटा अस्पताललाई सुरक्षित स्थानमा सारिएको छ ।

यी अस्पतालहरूले शहरका अन्य स्वास्थ्य संस्थाका भवनहरूबाट सेवा हरू प्रदान गर्नेछन् वा उनीहरूको परिसरभित्र सुरक्षित संरचनाहरू निर्माण गरी सेवा प्रबाह गर्नुपर्नेछ ।

स्वास्थ्यमन्त्री फहरेटिन कोकाले दक्षिणी प्रान्त हातेयमा शुक्रबार पत्रकारहरूसँग भने, “हामीले स्वास्थ्य संस्थाहरूको संरचनाका लागि देशभरि नै कदम चालेका छौं । यो विपत्तिको अवस्थामा धेरै गुणा बढी आवश्यक पर्दछ ।”

कोकाका अनुसार देशको सबैभन्दा धेरै स्वास्थ्य सुविधा दिने दुई विश्वविद्यालय अस्पतालहरू, कापा र सेराहपासा मेडिकल अस्पतालहरू पनि खाली गरिएका छन् ।

मन्त्री कोकाका अनुसार यी दुई अस्पतालको नयाँ भवन चाँडै निर्माण गरिनेछ । गत फेब्रुअरीको अन्त्यमा गएको भूकम्पीय प्रभाव जोखिम परीक्षणपछि सेराहपासाले युरोप क्षेत्रतर्फको फातिह जिल्लामा रहेको कम्पाउन्डमा रहेका १७ वटा भवनमा स्वास्थ्य र शिक्षा सेवा बन्द गरेको थियो ।

इस्तानबुल नगरपालिकाले हालै देशमा ४६ हजारभन्दा बढी मानिसहरूको ज्यान लिने विनाशकारी भूकम्पको पृष्ठभूमिमा उनीहरूको सुरक्षा परीक्षण गर्न भवनहरूको द्रूत स्क्यान प्रदान गर्न नयाँ कार्यक्रम सुरू गरेको हो ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?