विराटनगर। पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका-३ भातिगन्जमा फुदन हस्दाकी १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो ।
त्यस्तै, बालिका खेल्ने क्रममा सिल्भरको भाडामा राखेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए ।
मृतक बालिकाको शव पोस्माटमका लागि कोशी अस्पतालमा राखिएको जनाएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार