Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममाथि कोशी प्रदेशको सानदार जित


काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पनि प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ८ विकेटको जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

त्यसैगरी, जवाफमा कोशीले १७.४ ओभरमा २ विकेट गुमाएर जित निकालेको हो । कोशीलाई जिताउनका लागि कप्तान रुविना क्षत्री र काजल श्रेष्ठले उत्कृष्ट पारि खेले भने रुविनाले ५५ बलमा ५१ रनको नटआउट पारि खेल्दा १ छक्का र ८ चौका प्रहार गरिन् ।

स्कोर लेभल भएका बेला काजल श्रेष्ठ आउट भइन् । उनी अर्धशतक बनाएर आउट भएकी हुन् । उनले ४८ बलमा ५४ रन बनाइन् भने उनले ८ चौका प्रहार गरिन् । त्यस्तै, काजल आउट भएका बेला अप्सरी बेगम खाता नखोलेर आउट भएपछि दोस्रो विकेट गुमाएको थियो,तर क्रिजमा आएका विमला मालाले ४ रनको नटआउट पारि खेल्दै जित दिलाइन् ।

अन्त्यमा कोशीले गुमाएका दुवै विकेट अनु कडायतको नाउँमा रह्यो । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि विन्दू रावलले ३३ रन बनाइन् । उनले ३९ बल फेस गर्दा ५ चौका प्रहार गरिन् भने सम्झना खड्काले ३१ बलमा २७ रन बनाउँदा ३ चौका प्रहार गरिन् ।

यसैगरी कविता जोशीले २४ बलमा २६ रन नटआउट बनाउँदा ३ चौका हिर्काइन् । यस्तै रेवती धामीले १८ बलमा २० रनको नटआउट पारि खेल्दा ३ चौका प्रहार गरिन् भने कोशीका लागि सबनम राइ र अप्सरी बेगमले एक एक विकेट लिए ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?