Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममाथि कोशी प्रदेशको सानदार जित


काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पनि प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ८ विकेटको जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

त्यसैगरी, जवाफमा कोशीले १७.४ ओभरमा २ विकेट गुमाएर जित निकालेको हो । कोशीलाई जिताउनका लागि कप्तान रुविना क्षत्री र काजल श्रेष्ठले उत्कृष्ट पारि खेले भने रुविनाले ५५ बलमा ५१ रनको नटआउट पारि खेल्दा १ छक्का र ८ चौका प्रहार गरिन् ।

स्कोर लेभल भएका बेला काजल श्रेष्ठ आउट भइन् । उनी अर्धशतक बनाएर आउट भएकी हुन् । उनले ४८ बलमा ५४ रन बनाइन् भने उनले ८ चौका प्रहार गरिन् । त्यस्तै, काजल आउट भएका बेला अप्सरी बेगम खाता नखोलेर आउट भएपछि दोस्रो विकेट गुमाएको थियो,तर क्रिजमा आएका विमला मालाले ४ रनको नटआउट पारि खेल्दै जित दिलाइन् ।

अन्त्यमा कोशीले गुमाएका दुवै विकेट अनु कडायतको नाउँमा रह्यो । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि विन्दू रावलले ३३ रन बनाइन् । उनले ३९ बल फेस गर्दा ५ चौका प्रहार गरिन् भने सम्झना खड्काले ३१ बलमा २७ रन बनाउँदा ३ चौका प्रहार गरिन् ।

यसैगरी कविता जोशीले २४ बलमा २६ रन नटआउट बनाउँदा ३ चौका हिर्काइन् । यस्तै रेवती धामीले १८ बलमा २० रनको नटआउट पारि खेल्दा ३ चौका प्रहार गरिन् भने कोशीका लागि सबनम राइ र अप्सरी बेगमले एक एक विकेट लिए ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?