Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

हिमालय एयरलाइन्सको -ल्हासा उडान सुरु


काठमाडौं। काठमाडौं-ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौंबाट लासा नियमित उडान सुरु गरेको हो ।

त्यस्तै, काठमाडौं-ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए ।

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ- नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान,’ मन्त्री किराँतीले भने ।

यो उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गरे । तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटकहरू घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने भन्दै मन्त्री किराँतीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यससँगै ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालयन एयरलाइन्स रहेको छ ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?