Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र बाग्मती विजयी


काठमाडौं। प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई हराएको छ । आज बुधवार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायो भने मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो ।

त्यस्तै, सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१ रन बनाइन् भने बलिङतर्फ मधेसकी साक्षी यादव र कविता गौतमले समान २ विकेट लिइन् । यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनायो ।

मधेसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् भने बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले ४ विकेट लिइन् । यो जितसँगै सुदूरपश्चिम ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै, मधेस ५ खेलमा २ अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।

आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले हरायो । बाग्मतीले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् भने बलिङतर्फ बाग्मतीकी कप्तान अस्मिना कर्माचार्य र खुशी डङ्गोलले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनायो । बाग्मतीका लागि हेलिशा गुरुङले ४६ रन बनाइन् भने बलिङतर्फ लुम्बिनीकी शर्मिला रोक्काले २ विकेट लिइन् ।

उक्त जितसँगै बाग्मती ५ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने लुम्बिनी ५ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

 

 

 

 


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?