Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र बाग्मती विजयी


काठमाडौं। प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई हराएको छ । आज बुधवार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायो भने मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो ।

त्यस्तै, सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१ रन बनाइन् भने बलिङतर्फ मधेसकी साक्षी यादव र कविता गौतमले समान २ विकेट लिइन् । यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनायो ।

मधेसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् भने बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले ४ विकेट लिइन् । यो जितसँगै सुदूरपश्चिम ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै, मधेस ५ खेलमा २ अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।

आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले हरायो । बाग्मतीले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् भने बलिङतर्फ बाग्मतीकी कप्तान अस्मिना कर्माचार्य र खुशी डङ्गोलले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनायो । बाग्मतीका लागि हेलिशा गुरुङले ४६ रन बनाइन् भने बलिङतर्फ लुम्बिनीकी शर्मिला रोक्काले २ विकेट लिइन् ।

उक्त जितसँगै बाग्मती ५ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने लुम्बिनी ५ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

 

 

 

 


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?