Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा आकर्षक छुट


काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न संस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने गरी स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग सम्झौता भएको बैंकले जनाएको छ ।

सो बैंकका अनुसार मकवानपुरको हेटौंडा–४ मा रहेको भुंग्रो थकालीको सेवामा १० प्रतिशत छुट पाउने छन् भने काठमाडौंको न्यूरोडमा रहेको एंगल ज्वेलर्स प्रालिमा गोल्ड मेकिङ चार्जमा ४० प्रतिशत छुट पाउने छन् ।

त्यस्तै, भैरहवाको सिद्धार्थनगर–१२ मा रहेको गाउँले चुलोमा पाइने फुड र स्नेक्समा १० प्रतिशत, काठमाडौंको महाराजगञ्जमा रहेको एजिलस डाइग्नोटिक नेपाल प्रालिमा गरिने ल्याब परीक्षणमा १५ प्रतिशत, मकवानपुरको हेटौंडामा रहेको पलपसा प्याराडाइज होम प्रालिमा फुड एन्ड बेभेरेजमा १० तथा कोठामा १५ प्रतिशत, काठमाडौंको सुन्धारामा रहेको एक्सप्रेस म्याग्दी होटल प्रालिमा सबै प्रकारका हस्पिटालिटी सेवामा १० प्रतिशत, मकवानपुरको हेटौंडा–४ मा रहेको क्विक २० हाउन होटलमा फुड एन्ड बेभेरेजमा १० प्रतिशत तथा कोठामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुले उपलब्ध गराउने विभिन्न सेवाहरुमा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

 


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?