Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा आकर्षक छुट


काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न संस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने गरी स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग सम्झौता भएको बैंकले जनाएको छ ।

सो बैंकका अनुसार मकवानपुरको हेटौंडा–४ मा रहेको भुंग्रो थकालीको सेवामा १० प्रतिशत छुट पाउने छन् भने काठमाडौंको न्यूरोडमा रहेको एंगल ज्वेलर्स प्रालिमा गोल्ड मेकिङ चार्जमा ४० प्रतिशत छुट पाउने छन् ।

त्यस्तै, भैरहवाको सिद्धार्थनगर–१२ मा रहेको गाउँले चुलोमा पाइने फुड र स्नेक्समा १० प्रतिशत, काठमाडौंको महाराजगञ्जमा रहेको एजिलस डाइग्नोटिक नेपाल प्रालिमा गरिने ल्याब परीक्षणमा १५ प्रतिशत, मकवानपुरको हेटौंडामा रहेको पलपसा प्याराडाइज होम प्रालिमा फुड एन्ड बेभेरेजमा १० तथा कोठामा १५ प्रतिशत, काठमाडौंको सुन्धारामा रहेको एक्सप्रेस म्याग्दी होटल प्रालिमा सबै प्रकारका हस्पिटालिटी सेवामा १० प्रतिशत, मकवानपुरको हेटौंडा–४ मा रहेको क्विक २० हाउन होटलमा फुड एन्ड बेभेरेजमा १० प्रतिशत तथा कोठामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुले उपलब्ध गराउने विभिन्न सेवाहरुमा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

 


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?