Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

‘गुलाफ’को पहिलो मञ्चन नेपालमा


काठमाडौं। नाटक ‘गुलाफ: यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु हुने भएको छ । आज मण्डला नाटकघर थापागाउँमा यस नाटकको पहिलो मञ्चन (वल्र्ड प्रिमियर) भएपछि यसको यात्रा युरोपका सहरहरुमा हुने परिकल्पनाकार तथा निर्देशक रामहरि ढकालले जानकारी दिए ।

“यो नाटक फिजिकल थिएटर विधामा रहेर तयार पारिएको छ, यसमा संवाद छैन, तर दृश्यमार्फत कथा प्रस्तुत गर्नेछौँ”, निर्देशक ढकालले भने, “सामान्यतया नाटकहरुको वल्र्ड प्रिमियरको सन्दर्भ जोडिँदैन तर यो नाटक नेपालबाहिर पनि मञ्चन निश्चित भएकाले यस्तो भनेका हौँ ।”

विगत दुई दशकभन्दा बढी समयदेखि रङ्गक्रममा रहनुभएका निर्देशक ढकालले यसको अङ्ग्रेजी नाम ‘द रोज: एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको बताए । यस नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ भने ‘गुलाफ’को मञ्च नाटक घरको बीचमा तयार पारिएको छ । त्यसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन् भने एक शोमा ६४ जनाले मात्र प्रवेश पाउनेछन् ।

त्यसैगरी, सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरुको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।

सो नाटकमा यशोधराका रुपमा कलाकारहरु दीया मास्के र सरिता साह प्रस्तुत हुनेछन् भने ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एन्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड र फुक नोले सहयोग गरेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?