Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘गुलाफ’को पहिलो मञ्चन नेपालमा


काठमाडौं। नाटक ‘गुलाफ: यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु हुने भएको छ । आज मण्डला नाटकघर थापागाउँमा यस नाटकको पहिलो मञ्चन (वल्र्ड प्रिमियर) भएपछि यसको यात्रा युरोपका सहरहरुमा हुने परिकल्पनाकार तथा निर्देशक रामहरि ढकालले जानकारी दिए ।

“यो नाटक फिजिकल थिएटर विधामा रहेर तयार पारिएको छ, यसमा संवाद छैन, तर दृश्यमार्फत कथा प्रस्तुत गर्नेछौँ”, निर्देशक ढकालले भने, “सामान्यतया नाटकहरुको वल्र्ड प्रिमियरको सन्दर्भ जोडिँदैन तर यो नाटक नेपालबाहिर पनि मञ्चन निश्चित भएकाले यस्तो भनेका हौँ ।”

विगत दुई दशकभन्दा बढी समयदेखि रङ्गक्रममा रहनुभएका निर्देशक ढकालले यसको अङ्ग्रेजी नाम ‘द रोज: एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको बताए । यस नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ भने ‘गुलाफ’को मञ्च नाटक घरको बीचमा तयार पारिएको छ । त्यसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन् भने एक शोमा ६४ जनाले मात्र प्रवेश पाउनेछन् ।

त्यसैगरी, सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरुको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।

सो नाटकमा यशोधराका रुपमा कलाकारहरु दीया मास्के र सरिता साह प्रस्तुत हुनेछन् भने ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एन्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड र फुक नोले सहयोग गरेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?