Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

कञ्चनपुरमा आधुनिक सहरको कामले गति लिँदै


महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई आधुनिक सहर बनाउने लक्ष्यसहित सुरु गरिएको सडक लगायत पूर्वाधार निर्माणको ८५ प्रतिशत काम सकिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा तीन वर्षअघि देखि महेन्द्रनगर बजारका सडक, यहाँस्थित एयरपोर्ट रोड, सडक पेटी, नाली, फुटपाथ, साइकल लेन र पार्किङ लगायतको निर्माणका लागि रु एक अर्बमा ठेक्का भएको थियो ।

त्यसैगरी, आधुनिक सहर निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीले निर्माण अन्तिम चरणमा पुगेको र केही प्रक्रियागत अल्झन्का कारण मात्रै ढिलाइ भएको जनाएको छ । उक्त योजनाअन्तर्गत महेन्द्रनगर बजार र आसपासको क्षेत्र गरी १४ किलोमिटर सडक कालोपत्र, २२ किलोमिटर नाली, फुटपाथ लगायतका संरचना निर्माणको काम रहेको थियो ।

जेडआइसी–लामा जेभीका इन्जिनियर भूपेन्द्रबहादुर सिंहले मदनचोक क्षेत्रको सडकमा पर्ने २१ वटा सटर खाली गराउनुपर्ने र बजार क्षेत्रमा बिजुलीका पोल सार्ने कामको ढिलाइले निर्माणको अवधि लम्बिएको बताए । “बिजुलीका पोल सार्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, भीमदत्त नगरपालिकाले सडक हटाउन पनि पहल गरेको छ ।” उहाँले भन्नुभयो, “त्योबाहेक अधिकांश काम अन्तिम चरणमा रहेको छ ।”

त्यस्तै, भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा प्राप्ति गर्न नसक्दा उक्त शीर्षकको बजेट भने फिर्ता गएको छ भने उक्त नगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गा खोजबिन गरे पनि केही स्थानमा स्थानीयवासीको अवरोधपछि सो विषयले सार्थकता पाउन सकेको छैन । नगरपालिकाका प्रवक्ता महेन्द्र पाण्डेयले एसियाली विकास बैङ्कको सहयोगमा महेन्द्रनगरमा थप पाँच किलोमिटर सडक निर्माण हुने बताए ।

“दोस्रो चरणका लागि सडक छनोटका कार्य नगरपालिकाले गरिसक्यो,” उनले भने, “सो विषय नगरपालिकाले एडिबीलाई निर्णय गरेर प्रदान गरिसकेको छ ।” उनले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा खोजिएको स्थानमा स्थानीयवासीले विरोध गर्दा समस्या भएको बताए । त्यस्तै, एसियाली विकास बैंकले सुदूरपश्चिमका चारवटा पालिकालाई छनोट गरी आधुनिक सहर निर्माणलाई अघि बढाएको छ । जसमा कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा निर्माणकार्य भइरहेको छ ।

उक्त योजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा फोहरमैला प्रशोधन निर्माणका लागि स्थान उपलब्ध गराइए पनि वन लगायतको प्रक्रियागत कारणले निर्माण व्यवसायीले प्रशोधन केन्द्रको काम गर्न पाएको छैन भने अत्तरिया र शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्रको निर्माण धमाधम भइरहेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?