Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै एपिएफ विजयी


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ ।

उक्त जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो । कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् भने उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन् ।

त्यस्तै, गौरी बोहोराले १२ तथा रश्मी खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान किरण कुवरले १ रन बनाइन् भने बिना थापाले २ तथा अन्जु गुरुङले ६ रन बनाइन् ।

कर्णालीलाई सस्तैमा समेट्नेक्रममा एपिएफकी करुणा भण्डारीले चार विकेट लिइन भने सुमन विष्टले दुई विकेट झारिन् । त्यसैगरी बिनु बुढा र सीता रानामगरले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनाएको थियो ।

त्यस्तै, एपिएफका लागि राजमती ऐरीले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् भने ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् । रोमा थापाले अविजित १४ रन बनाइन् ।

बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारेकी थिइन् ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?