Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

आज पहाडी भू–भागमा आंशिक बदली हुने


काठमाडौं। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले काठमाडौंमा वायुको तापक्रम ११ डिग्री सेन्टिग्रेड रहेको र पारदर्शिता ९भिजिबिलिटी० चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी, काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम सात दशमलव आठ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बताए ।

आज राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?