Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

गोही अनुगमनका क्रममा नारायणीमा भेटियो डल्फिन


चितवन। गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।

उक्त निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो । गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो भने गोलाघाटबाट र्‍याफ्टिङमा दुई घण्टा दूरी पार गरेपछि देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनको भनाइ रहेको थियो ।

त्यसैगरी, यो सँगै निकै दुर्लभ मानिएको पाँचवटा भाले घडियाल गोही भेटिएका छन् । नदीमा भाले गोहीको अभाव भएपछि २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो भने अधिकृत श्रेष्ठका अनुसार राप्ती नदीमा तीन र नारायणी नदीको गोलाघाट र बागवान पोष्टमा दुईवटा भाले गोही देखिएका छन् ।

तीन दिनमा राप्ती नदीको अनुगमन सकेर नारायणी नदीमा अनुगमनको काम भइरहेको छ भने नारायणी नदीमा तेस्रो दिन बागवान पोष्टबाट नारायणगढतर्फ अनुगमनको काम भइरहेको हो ।
बिहीबार नारायणी नदीको अनुगमन सकेर शुक्रबारदेखि बूढीराप्तीमा अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, अधिकृत श्रेष्ठका अनुसार नारायणी नदीको भेलौजी क्षेत्रमा समेत भाले गोही रहेको अनुमान रहेको छ भने राप्ती नदीमा एक सय ४८ वटा गोही देखिएका छन् । हरेक वर्ष यसै समय नदीमा गोहीको अवस्था बुझ्न अनुगमन गर्ने गरिन्छ भने सो निकुञ्जका घडियाल गोही प्रजनन केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतको नेतृत्वको टोलीले एक साता लगाएर अनुगमन गर्ने गर्दछ । अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ ।

उक्त निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आउँदो चैत र वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसरास्थित प्रजनन केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ ।

त्यस्तै, सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?