Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई १६१ रनको लक्ष्य दियो


काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ ।
त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनायो । एपिएफका लागि राजमति ऐरिले सर्वाधिक ६७ रनको योगदान दिइन् भने उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् ।
त्यस्तै ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् भने रोमा थापाले अविजित १४ रन बनाइन ।
बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारिन भने कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?