Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम छनोट


बैतडी। बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले विजयी सुरूवात गरेकोे छ । आज सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।

उक्त जितका लागि पाएको ९१ रनको झिनो लक्ष्यमा बझाङले १५.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो । बझाङका लागि अभिनाश मल्लले ४४ रनको योगदान गरे भने उनी म्यान अफ द म्याचसमेत बनेका छन् । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको दार्चुला १७.५ ओभरमा ९० रनमा समेटियो भने दाचुलाका लागि विपीन धामीले सर्वाधिक २८ रन बनाए । बझाङका सुशील रावल र अशोक धामीले समान ३/३ विकेट लिए ।

त्यसैगरी, पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने सम्भावना छ । दार्चुला भने लगातार ३ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ भने सो प्रतियोगिताअन्तर्गत बुधबार बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा प्रदेश छनोट गरिररहेको छ भने पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ । दोस्रो चरणमा कैलालीमा इलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् ।

सो प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् भने गत वर्षको प्रदेश छनोटमा सेमिफाइनलमा पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् ।

प्लेट च्याम्पियनसिपको विजेता टोलीले इलिट च्याम्पियनसिपमा सहभागी हुने सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए । इलिट च्याम्पियनसिपको उद्घाटन खेल यही पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच हुनेछ ।

उक्त खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिप खेल आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?