Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

मिस नेपाल हङकङको उपाधि अञ्जना पुनलाई


काठमाडौं। मिस नेपाल हङकङको उपाधि अञ्जना पुनले जितेकी छन् । सोमबार आयोजित ग्राण्ड फिनालेमा सीमा गुरुङ फस्ट रनर-अप र सेरेना राई सेकेण्ड रनर-अप घोषित भए ।

त्यस्तै, मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको प्रतिस्पर्धा डायस्पोराको ठूलोमध्येको एक सौन्दर्य प्रतियोगिता हो । उक्त फिनालेको होस्टमा मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री सुभेच्छा खड्का थिइन् ।

उक्त प्रतिस्पर्धालाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले समेत मान्यता दिएको छ भने फिनालेमा सहभागि हुन हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र कोरियोग्राफर रचना गुरुङ शर्मा पनि हङकङ पुगेका थिए भने यी दुबैजना जजको रुपमा सहभागि थिए ।

त्यसैगरी, फिनालेमा प्रतिस्पर्धीले सांस्कृतिक पोशाकमा प्रस्तुति समेत दिएका थिए भने गीत संगीत पनि प्रस्तुत गरिएको थियो । बिजेता, उपविजेता र सहविजेतासहित फिनालेमा निशा मल्ल, एलिसा लिम्बु र अञ्जना पुन फाइनलिस्ट थिए ।

 


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?