Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

मिस नेपाल हङकङको उपाधि अञ्जना पुनलाई


काठमाडौं। मिस नेपाल हङकङको उपाधि अञ्जना पुनले जितेकी छन् । सोमबार आयोजित ग्राण्ड फिनालेमा सीमा गुरुङ फस्ट रनर-अप र सेरेना राई सेकेण्ड रनर-अप घोषित भए ।

त्यस्तै, मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको प्रतिस्पर्धा डायस्पोराको ठूलोमध्येको एक सौन्दर्य प्रतियोगिता हो । उक्त फिनालेको होस्टमा मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री सुभेच्छा खड्का थिइन् ।

उक्त प्रतिस्पर्धालाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले समेत मान्यता दिएको छ भने फिनालेमा सहभागि हुन हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र कोरियोग्राफर रचना गुरुङ शर्मा पनि हङकङ पुगेका थिए भने यी दुबैजना जजको रुपमा सहभागि थिए ।

त्यसैगरी, फिनालेमा प्रतिस्पर्धीले सांस्कृतिक पोशाकमा प्रस्तुति समेत दिएका थिए भने गीत संगीत पनि प्रस्तुत गरिएको थियो । बिजेता, उपविजेता र सहविजेतासहित फिनालेमा निशा मल्ल, एलिसा लिम्बु र अञ्जना पुन फाइनलिस्ट थिए ।

 


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?