Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अयोध्याको राम मन्दिरमा जनकपुरधामबाट भार पठाउने तयारी


महेन्द्रनगर,धनुषा। भारतको अयोध्यमा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

सो भार जनवरी ६ तारिखका दिन अयोध्या पुर्‍याइने छ । उक्त भारमा विभिन्न प्रकारका कपडा, आभूषण र भाडाबर्तनका साथै मिठाई तथा पकवान रहने उनले जानकारी गराए । महन्थ वैष्णवका अनुसार जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलङ्गवाबाट सिम्रौनगढ, गढीमाई हुँदै वीरगञ्जमा रात्रि विश्राम गर्ने योजना रहेको छ ।

भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ गरेर वीरगञ्जको जानकी नगरद्वार हुँदै बेतिया, कुशीनगर, सिद्धार्थनगर हुँदै गोरखपुर र अयोध्यामा पुगेर विश्राम गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो । त्यस्तै, छ तारिकका दिन विधिवत् राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

उक्त भार यात्राका लागि एक हजार एक सय सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको र यसको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले गर्नेछन् भने जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?