Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अनुदानको खाद्यान्न हेलिकोप्टरबाट ढुवानी गरिँदै


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त यसवर्षको खाद्यान्न हेलिकप्टरबाट ढुवानी सुरु भएको छ । उक्त लिमिटेडको हुम्ला शाखाका अनुसार यसवर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हेलिकोप्टरबाट सुरु भएको हो ।

त्यस्तै, आर्थिक वर्ष सुरु भएको पाँच महिना सात दिनपछि खाद्यान्न ढुवानी सुरु भएको हो । खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरलाई ताकेता गरेपछि बल्ल ढुवानी कार्य सुरु भएको हो । हेलिकोप्टरले सर्केगार्ड गाउँपालिका–२ को ल्याप्चेबाट ढुवानी सुरु गरेको हो । ल्याप्चेबाट १५ मिनेटमा सिमकोट विमानस्थलसम्म खाद्यान्न ढुवानी हुने गरेको छ ।

एउटा उडानमा हेलिकोप्टरले सात क्विन्टल खाद्यान्न बोक्ने गर्छ भने दैनिक २० देखि २४ उडान हुनेछ । यसवर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट ४ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

उक्त खाद्यान्न सिम्रिक एयरले नेपालगञ्जबाट प्रतिकेजी १४३ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको छ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?