Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

अनुदानको खाद्यान्न हेलिकोप्टरबाट ढुवानी गरिँदै


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त यसवर्षको खाद्यान्न हेलिकप्टरबाट ढुवानी सुरु भएको छ । उक्त लिमिटेडको हुम्ला शाखाका अनुसार यसवर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हेलिकोप्टरबाट सुरु भएको हो ।

त्यस्तै, आर्थिक वर्ष सुरु भएको पाँच महिना सात दिनपछि खाद्यान्न ढुवानी सुरु भएको हो । खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरलाई ताकेता गरेपछि बल्ल ढुवानी कार्य सुरु भएको हो । हेलिकोप्टरले सर्केगार्ड गाउँपालिका–२ को ल्याप्चेबाट ढुवानी सुरु गरेको हो । ल्याप्चेबाट १५ मिनेटमा सिमकोट विमानस्थलसम्म खाद्यान्न ढुवानी हुने गरेको छ ।

एउटा उडानमा हेलिकोप्टरले सात क्विन्टल खाद्यान्न बोक्ने गर्छ भने दैनिक २० देखि २४ उडान हुनेछ । यसवर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट ४ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

उक्त खाद्यान्न सिम्रिक एयरले नेपालगञ्जबाट प्रतिकेजी १४३ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको छ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?