Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

भरतपुरमा राडारजडित क्यामरा जडान गरिने


नारायणगढ,चितवन। चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो ।

यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महानगरभित्र पहिलो चरणमा एक सय ३७ क्यामेरा जडान गर्ने योजना रहेको छ भने स्थान छनोट, उपकरण र प्राविधिक विषयमा प्रहरीले अध्ययन गरिरहेको उनले बताए ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक पण्डितले भने “क्यामरा जडान गर्न प्राविधिक र सुरक्षाको काम प्रहरीले गर्छ । अन्य काम महानगरपालिकाले गर्ने छ ।” पहिलो चरणमा महानगरको मुख्य बजार क्षेत्र र राजमार्गमा क्यामेरा जडान गर्न लागिएको उनले बताएका छन् । राजमार्गमा तीव्र गतिका कारण हुने सडक दुर्घटना तथा अन्य आपाराधिक घटना बढ्दै गएका र त्यसको छिटो पहिचानका लागि यस प्रकारका क्यामरा सहयोगी हुने प्रहरी नायब उपरीक्षक पण्डितले बताए । “यसबाट ट्राफिक व्यवस्थापनमा सहज हुने छ । ट्राफिक प्रहरीलाई सडकमा उभिनु पर्दैन”, उनले भने ।

उक्त महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरका २९ वटै वडामा क्यामेरा जडान गरिने बताएका छन् । “यहाँका बासिन्दाको सुरक्षामा चुनौती थपिँदै गएको छ । जनतालाई सुरक्षित महसुस गराउन क्यामेरा जडान गर्न लागिएको हो”, उनले भने ।

उक्त भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार सबै वडामा क्यामेरा जडानका लागि करिब रु १० करोड खर्च हुने छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?